ए एम एस म्यूजिक एण्ड इन्टरटेनमेन्ट प्रा.लि.ले नेपाली कला क्षेत्रमा योगदान पुर्याएका  विशिष्ट व्यक्तित्वहरू लाई सम्मान गर्ने भएको छ । नेपाल कला संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ असोज ९ गते हायत रेजेन्सी होटल, बौद्धमा एएमएस नेशनल सम्मान तथा अवार्ड द्वारा सम्मान गरीने भएको हो । हाम्रो संस्कृति हाम्रै पहिचान, स्रष्टा कलाकारको सम्मान’ भन्ने मूल नाराका साथ भव्य र सभ्य रुपमा समपन्न हुन गइरहेको समारोहमास्रष्टा, सर्जक, प्रस्तोता, कलाकार, प्रविधिक, सञ्चारकर्मी, व्यवसायी, पर्वतारोही तथा विमान चालक लगायत समाजका विविध क्षेत्रमा विशिष्ट योगदान पुयाएका व्यक्तित्वलाई सम्मान गरीने छ । साथै,गीतकार किरण खरेल लाई “दीर्घ साधना सम्मान लाइफ टाइम एचिभमेन्ट अवार्ड” बाट सम्मानित गरीन लागीएको हो ।