कलाकार तथा निर्माता दिपाश्री निरौलाले रिट स्किन बुटिक प्रा.लि.को आधिकारिक स्टोरको उद्द्घाटन गरेकी छन् । बानेश्वरको आइप्लेक्स मलको दोस्रो तलामा संचालनमा ल्याइएको स्टोरको गत आइतबार उद्द्घाटन गरीएको हो । स्टोरका संचालिका रीता कट्टेल हुन् । अन्तर्राष्ट्रियस्तरका प्रख्यात स्किन केयरका ब्राण्ड सेटाकिल, मिडिक्स, अडिनरी तथा मेकअप ब्राण्डमा मिलानी, मेविलिन, मिसटिन, मेकअप टुल्ससहित चर्चित कस्मेटिक ब्राण्डहरु उपलब्ध रहेको छ । नेपालकै ठुलो रिटेल चेन साथीमार्टसँगको सहकार्यमा खुलेको स्टोरले निकट भविष्यमा आफ्नै ब्राण्डमा सामान उत्पादन गर्ने, फ्रेन्चाइज प्रदान गर्ने तथा साथीमार्टका विभिन्न आउटलेटबाट २० भन्दा बढी प्रमुख शहरमार्फत बिक्री वितरण गर्ने लक्ष्य लिएको कट्टेलले जानकारी दिएकि छन् ।साथै,साथीमार्टसँगको सहकार्यमा निकट भविष्यमा नेपालका प्रमुख सहरहरुमा आउटलेट तथा सेवाहरु प्रदान गरिने साथीमार्टका सिइओ सागर पोखरेलले बताए । उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य अरुण सुमार्गीले स्टोरको सुरुवातसँगै नेपालमा कष्मेटिक मार्केटमा थप नयाँपनको सुरुवात भएको बताए ।आउटलेटमा ७ दिनसम्म फ्ल्याटमा १० प्रतिशत छुट दिइने छ ।