फिल्म "बाबरी" टिम मोफसल टुरमा निस्कने भएका छ्न् । फिल्मको रिलिज मिति नजिकिएसंगै निर्माण टिम मोफसेलमा टुरमा निक्लिन लागेका  हुन् । मोफसल टुर देशका ६ ठुला सहरमा आयोजना गरिने छ  ।असोज ५ गते बिर्तामोडबाट सुरु हुने टुर ६ गते इटहरी, ७ गते नारायणगढ, ८ गते बुटबल र ९ गते पोखरामा दर्शक साक्षात्कार गरेर काठमाडौं फकिर्ने छ ।यस्तै ९ गतेबाट १२ गतेसम्म काठमाडौंका विभिन्न ठाउँमा सांगितिक भव्य कन्सर्टको आयोजना गर्दै फिल्मको प्रचार गरिने निर्माण टिमले जानकारी दिएको छ । निर्देशक सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्ममा अदिति बुढाथोकी, धिरज मगर, धिरज नाडकर, बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ  लगायतका कलाकारहरुको अभिनय छ ।त्रीकोणात्मक प्रेमककथामा आधारित रहेर निर्माण भएको फिल्म असोज १४ बाट प्रदर्शनमा आउने छ ।