फिल्म "प्रेम गीत ३" को हिन्दि भर्सनलाई नेपालम चलाउनु पर्ने माग राखे संगै पछिल्लो समय प्रेम गीत विवादमा तानिएको छ । निर्माता संघ , विकास बोर्द देखि अन्य निर्माता , कलाकारले फिल्मको घोर आपत्ति जनाएका छन् । फिल्म बारे आपत्ति जनाएपछि मंगलबार फेसबुकमा स्टाटस लेख्दै निर्माता सन्तोषले कलाकार सरोज खनालमाथि लज्जास्पद टिप्पणी गरेका छन् भने सरोजको बचाउ गर्दै अर्का कलाकार दीपक राज गिरिले सबैलाई गाली गरेरै फिल्म चलाउने हो भनेर सन्तोष सेनलाई प्रश्न गरेका छन् । संजालमा लेख्दै गिरिले सन्तोष माथि औला ठडाएका हुन् । गिरि लेख्छन्: निर्माता सन्तोषले सरोजलाई अमेरिकामा लुक्ने थिति बसालेको भन्दै कटाक्ष गरेपछि दिपकले सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आक्रोश व्यक्त गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘भुवन केसी, अनमोल केसी, झरना थापा, म, अब हुँदाहुँदा आदरणीय सरोज खनाल दाइ उफ् । यो लिस्ट निकै लामो हुँदैछ दिनप्रतिदिन । ‘सबैलाई गाली गरेरै फिल्म चलाउने हो ? यति राम्रो हाइप हुँदा हुँदै के गर्‍या यो ? आफ्ना मान्छे लगाएर दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाइ सिध्याउने हो ? त्यसपछि उद्योग सकिदिने ? अनि आफू मात्रै राज गर्ने हो ? घरै नरहे कहाँ बस्छौ साथी ?’साथै दिपकले हिन्दी भाषाका लागि नियमअनुसार कर तिर्न पनि आग्रह गरेका छन् ।