फिल्म ‘महापुरुष’ को गीत सार्वजनिक भएको छ। ‘बेमौसमी’ बोलको गीतमा ‘एस डि योगी र रेश्मा पुनको आवाज रहेको छ भने गीतको शब्द राम अविरल बिष्टले कोरेका हुन् l  गीतमा एस डीको संगीत रहेको छ।
 विवेक रसाईलीले निर्देशन गरेको गीतको भिडीयोमा हरिवंश आचार्य र गौरी मल्लको साथमा नव-नायक अरुण क्षेत्री र नव-नायिका अञ्जना बराइली फिचर रहेका छन्।


 

षटकोण आर्ट्सको प्रस्तुती रहेको फिल्ममा म्याक्स दिपेश खत्री निर्माता रहेका छन्। रविन्द्रसिंह बानिया फिल्ममा कार्यकारी निर्माताको रुपमा रहेका छन्।कार्तिक ११ बाट फिल्म प्रदर्शनमा आउँने छ ।