प्रदर्शन हुन ३ दिन समेत बाँकी नहुदा चलचित्र 'मेरो पैसा खोई'ले टर्ेलर सार्वजनिक गरेको छ । असोज ११ गते फूलपातीको दिन चलचित्र 'छक्का-पञ्जा २' सँगै आउन लागेको चलचित्रको ट्रेलर आइतबार साँझ युट्युब मार्फत सार्वजनिक गरिएको हो । ट्रेलरमा नायिका बर्षा राउतलाई यौनकर्मीको भुमिकामा देखाइएको छ भने अभिनेता सौगात मल्ललाई उनको प्रेममा परेको देखाइएको छ ।

 

पुर्ण रुपमा कमेडी चलचित्र भनिएको मेरो पैसा खोईलाई रोज राणाले निर्माण तथा निर्देशन गरेका हुन् । ट्रेलर सार्वजनिक गर्दै निर्माण पक्षले उपत्यकामा असोज ११ गते र काठमाडौँ बाहिर असोज २० गते चलचित्र प्रदर्शन गर्ने घोषणा गरेको हो । । चलचित्रमा सौगात र बर्षाको साथमा छुल्टिम गुरुङ, सागर तिवारी, बुद्धि तामाङ, प्रमोद अग्रहरी, दयाराम पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई रोज रानाले निर्देशन गरेका हुन् भने उमा केसीको लगानी रहेको छ ।