फिल्म ‘हिजो आजका कुरा’ मोफसलमा निक्लिएको छ । यही असोज २८ गतेबाट प्रदर्शनमा आउन लागेको  देशका विभिन्न शहरमा मोफसल गर्ने भएको हो ।नेपालगन्ज,पूर्वको तीन सहरहरु धरान, इटहरी र विराटनगर पुगेर निर्माण टिमले कार्यक्रम गर्ने भएको हो । साकार पन्त निर्देशित फिल्ममा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, जेबिका कार्की, दिब्यदेव पन्त, बिनय कुइँकेल लगायतको अभिनय रहेको छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त, सह निर्माता बैकुण्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र रहेका छन् । फिल्मलाई मोफसलमा एफडी कम्पनी र राजधानीमा आरआर फिल्मस्ले वितरण गर्दैछ ।   पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाले तयार पारेका हुन् ।