‘राष्ट्रिय नव दुर्गा सम्मान’ यो बर्ष नौ नायिकाहरुलाई सम्मान गरीने भएको छ । नायिका रेजिना उप्रेतीको रेजिना इन्टरटेन्मेन्ट प्रालीको आयोजनामा हुन लागेको सम्मान कार्यक्रममा नायिका भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, प्रियंका कार्की, मेनुका प्रधान, पूजा शर्मा, शिल्पा पोख्रेल र सुहाना थापालाई सम्मान गरीने भएको हो ।असोज १० गते हुने कार्यक्रमलाई रेजिनाले तेश्रो संस्करणको नवदुर्गा सम्मान आयोजना गरेकी हुन्  ।