गत शुक्रबार बाट प्रदर्शनमा आएको फिल्म "प्रेम गीत ३" को हिन्दि भर्सन भोलिबाट नेपालि सिनेमाघरमा लाग्ने भएको छ । नेपालि भाषामा प्रदर्शन भैरहेको फिल्मको हिन्दि भर्सनलाई भोलि बाट प्रदर्सनमा ल्याउने तयारी गरीएको हो । छेतेन गुरुङ्ग र सन्तोष शेनले निर्देशन गरेको फिल्ममा प्रदिप खड्का र कृष्टिना गुरुङ्ग मुख्य भूमिकामा रहेका छन्। आशुशेन फिल्मस्को व्यानरमा निर्माणमा भएको फिल्ममा शिव श्रेष्ठ, पुस्कर कार्की, माओत्से गुरुङ्ग, मनिष राउत लगायतका कलाकारको अभिनय रहेको छ।