फिल्म "बाबरी" यहि असोज १४ बाट रिलिजमा आउँदै छ ।  यहि फिल्म बाट लामो समय पछि नायिका अदिति बुढाथोकि र अभिनेता धिरज मगर देखिएका छन् । अदितिले लगभग ४ बर्ष पछि ठुलो पर्दामा देखिएकि छिन् भने धिरज पनि  ‘इन्टु मिण्टू लन्डनमा´ पछि यहि फिल्ममार्फत ठुलो पर्दामा आएका छन् । दोश्रो फिल्म भएकै कारण पनि धिरज र अदिति रिलिजको तयारीमा जुटेका छन्। यसैले यो फिल्म दुवैका लागी अवसर र चुनौती रहेको छ।फिल्मका टिजर र गीतमा पाएको उत्कृष्ट प्रतिक्रिया र ट्रेलरको मिश्रित प्रतिक्रियाले फिल्म प्रति दर्शकको कौतुहलता रहेको छ। दर्शकको कौतुहल्ता रहेता पनि केहि दीन अघी बाट प्रदर्शनमा आएको "प्रेम गीत ३"को दवदवा अर्को हप्ता कस्तो रहने छ । यसक साथै प्रदर्शनमा आउदै गरेका अन्य  दुई विदेशि फिल्मले पनि  "बाबरी" लाई अप्ठ्यारोमा लेउन सक्ने देखिएको छ ।सुरेन्द्र पौडेल निर्देशित फिल्ममा धिरज र अदिति मुख्य भुमिकामा देखिएका छन् । पुष्पलत्ता बुढाथोकी र गणेश बुढाथोकीले निर्माण गरेको फिल्ममा धिरज र अदितिको अलावा धिरज नाड्कर,कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ।