सेञ्चुरी मिस टिन नेपाल २०२२ को उपाधि प्रतीक्षा डंगोलले आफ्नो पोल्टामा हालेकि छन् । अठारौ संस्करणको उपाधि 
डंगोलले हात पारेकि हुन् । राष्ट्रिय नाँचघर जमलमा आयोजित ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पारेकी प्रतीक्षालाई क्राउनसहित नगद ३० हजारले सम्मन गरीएको थियो । यसै गरी सुस्मिता अधिकारी फस्र्ट रनरअप र सुस्जिता पौडेल सेकेण्ड रनर अप भएका छन् । 
विभिन्न सामाजिक कार्य र परियोजनामा काम गर्ने अवसर समेत प्राप्त गर्ने आयोजक काठमाडौं जेसीजका अध्यक्ष अनुप सुनुवारले बताए । प्रतियोगिताले किशोरीहरुको सामाजिक सांस्कृतिक वृत्ति विकासमा मद्दत गरेको उनको भनाई छ । साथै हेल्दी बेस्ट स्किनको अवार्ड पूजा वली, नामी मिस इन्टेलेक्चुअलको अवार्ड विभूषा बस्नेत र डी जिम मिस एथ्लेटको अवार्ड विसुका कोइरालाले जितिन् । त्यस्तै एनआइसी एसिया मिलनसार अवार्ड सुस्मिता अधिकारी, केटिएम रस बेस्ट वाक सुम्निमा पुरी र कुण्डलिनी ब्यांक्वेट मिस ट्यालेन्टको अवार्ड परिका भण्डारीले जितिन् ।