फिल्म ‘ऐना झ्यालको पुतली’ विदेश उच्च माग भएको छ । सुजित बिडारी निर्देशित फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए संगै फिल्मको विदेशमा उच्च माग भएको हो । फिल्मको अष्ट्रेलिया र न्युजिल्यान्ड अधिकार हालसालै विक्री भएको छ भने जापानमा यसअघि नै विक्री भइसकेको छ । अष्ट्रेलिया र न्युजिल्यान्डमा फिल्म प्रदर्शनको अधिकार जान्बी इन्टरटेनमेन्टले लिएको छ । यी दुई देशका लागि १५ लाख हाराहारीमा फिल्मको राइट्स विक्री भएको निर्माता पौडेलले जानकारी दिए । त्यस्तै, अरब, कोरिया र अमेरिकामा फिल्म चाँडै प्रदर्शन हुने तयारीमा छ ।फिल्मका निर्माता आकाश पौडेल प्रविन स्याङ्बो, रामकृष्ण पोखरेल र सुजित बिडारी हुन् ।फिल्ममा अमर महर्जनको छायांकन, किरण श्रेष्ठको सम्पादन, पुष्पा संगमको संगीत, कला संग्रौलाको प्रडक्सन डिजाइन, किशोर आचार्यको साउन्ड डिजाइन र राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, उमेश श्रेष्ठ, अशोक सिवाकोटीलगायतको अभिनय फिल्ममा देख्न सकिन्छ ।