यतिबेला मोफसेल दौडमा रहेको फिल्म "बाबरी" लाई दर्शकको राम्रो साथ मिलेको छ । असोज १४ गतेबाट प्रदर्शनमा आउन लागेको ‘बाबरी’ को मोफसलमा पोखररा पुगेका नायकद्दय धिरज मगर , धिरज नाड्कर र नायिका अदिति बुढाथोकीले विभिन्न कलेजका विद्यार्थीदेखि गोर्खा सैनिक बन्न तालिम लिइरहेका व्यक्तिसम्मलाई प्रत्यक्ष भेट गरेका थिय । कलेजहरुमा पुग्दा धिरज मगर र अदिती बुढाथोकीको क्रेज जबर्जस्त देखिएको थियो ।सुरेन्द्र पौडेलले निर्देशन गरेको फिल्मलाई गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले फिल्मको निर्माण गरेका हुन् । नरेन्द्र मैनालीले फिल्म खिचेका हुन् । फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ, दीलिप गुरुङ, डिचेन्ला वान्ग्मो थुङ्गोनलगायतको पनि अभिनय छ ।