फिल्म ‘दुई नम्बरी’ ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा रोमान्स, कमेडी र एक्सन समावेश गरीएको छ । गत मंगलबार रिलिज गरीएको ट्रेलरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई, सौगात मल्ल, उगेन छोदेन, उपासना सिंह ठकुरी र बुद्धि तामाङलाई प्रस्तुत गरिएको छ।
गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे, अमलादेवी राई र जयश श्रेष्ठ निर्माताको रुपमा रहेको फिल्मको प्रस्तुतकर्ता किरण नेपाली रहेका छन् ।दिपेन्द्र लामा निर्देशीत फिल्म मार्फत भुटानी अभिनेत्री उगेन छोदेनको डेव्यु फिल्म हो ।