डि.के. फिल्म्स प्रोडक्सनको ब्यानरमा निर्माणाधिन “आरम्भ” नामक चलचित्रको छायांकन अगावै पोस्टर सार्वजनिक भएको छ l चलचित्र बिकास बोर्डमा दर्ता भएसङै बिजया दशमीको सुरुवातको अवसर पारेर पोस्टर सार्बजनिक गर्दै चलचित्र निर्माण गरिने जानकारी निर्दशक रोशन कुमारले दिएका छन ।बिगतको केही चलचित्रमा नायकको भुमिका निभाइसकेका एक्सन जनराका फिट नायक दिपेन्द्र कोइराला, प्रशिक्षण लिइसकेका तथा थीयटर लगायतको प्रोजेक्टहरुमा काम गरिसकेका अभिनेता सुमन थापा र बलीउड फिल्म उधोग देखि अभिनय , स्कृप्ट लेखन तलिम लिइ स्वदेशमा फर्कि विभिन्न वेव सिरिज र फिल्म मा समेत अभिनय तथा फिल्म लेखन गरिसकेका कलाकार तथ फिल्म लेखक प्रेम वश्याल को एक प्रमुख भुमिका मा अभिनय रहने छ साथै चलचित्र “आरम्भ”मा बरिस्ठ कलाकार सानू ताम्राकार,प्रकाश श्रेष्ठ ,उमेश मायालु लगायत मोडेल तथा नायक दिनेश शाही,रङकर्मी तथा भोजपुरी अभिनेता प्रशान्त के.सी.,दिप महतो,राज कुमार छेत्री,रमेश लामा त्यसैगरी छत्र लाल श्रेष्ठ, जोन छेत्री,सोनु परियार,सोनी कडेल,सुनिता बस्नेत ,समर पुरी,अनिल थापा,लाल बहादुर लामा,छनौट भैसकेका छन भने अन्य भुमिकाको लागि धमाधम खोजी हुँदै गर्दा छिटै अडिसन पश्चात फाइनल हुने जानकारी चलचित्रका लेखक प्रेम वश्याल जानकारी गराए।चलचित्र “आरम्भ” को कथा तथा पटकथा प्रेम वश्याल को रहेको छ | उक्त चलचित्र मा बरिस्ठ साहित्यकार सुरेन्द्र महर्जन अमर लगायतका गीतकारको शब्दलाई क्रमशः सुर्य राई,ओम प्रकाश राई ,जेबिस शाहिले सङीत भर्ने भएका छन।चलचित्रको पब्लिसिटी डिजाइन आरभ क्रियसनको रहने छ भने चितवन,बुटवल,सिन्धुपाल्चोक ,दोलखा लगायत काठमाडौको विभिन्न सुन्दर स्थानहरुमा छायांकन हुने चलचित्रको,लोकेसन म्यानेजमेन्ट रोयल सुटिङ स्तुडियोले गर्नेछ ।मुख्यतय सरल कथालाइ पनि कसरी आकर्षक बनाउन सकिन्छ भन्ने प्रयोग गरिने लव स्टोरी बेसिक रहेको “आरम्भ” को कथा सस्पेन्स ,थ्रील जनरामा बनिने तथा समय सापेक्ष दर्शकको चाहाना अनुरुप कौतुहलपुर्ण प्रस्तुतीकरण रहने चलचित्रमा दि लाइफ एकसप्रेस मुभी मेकर्सको पनि सहभागिता हुने भएको छ ।