फिल्म "बाबरी" टिमले मोफसेल दौडमा दर्शक संग साक्षात्कार गरेको छ । यति बेला काठमाडौंमा कार्यक्रम गरीरहेको टिमले गत बुधबार नयाँ बसपार्कको लोत्से मल अगाडी कार्यक्रम राखेको थियो ।फिल्मका मुख्य कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकर उपस्थित रहेको कार्यक्रममा उनिहरुको बढ्दो क्रेज देखिएको थियो । दर्शकले कलाकारसँग तस्विर तथा सेल्फी समेत खिचाएका थिए ।दर्शकले कलाकारसँग तस्विर तथा सेल्फी समेत खिचाएका थिए ।कार्यक्रममा दर्शकको फर्माइसमा फिल्मका कलाकार धीरज मगर, अदिति बुढाथोकी र धीरज नाडकरले फिल्मका गीत ‘बाबरी रंग’ र ‘चुलबुल चुलबुल’ मा प्रत्यक्ष नृत्य गरेर दर्शक समेत रिझाए । साथै धीरज मगरको अटोग्राफका लागि युवतीहरुले तछाडमछाड गर्नुको अलवा अदितिलाई ‘आई लभ यु’ भन्ने दर्शक समेत धेरै देखिएका थिए ।सुरेन्द्र पौडेलको निर्देशन रहेको फिल्म रोमान्टिक प्रेमकथामा निर्माण भएको हो । फिल्ममा बादल भट्ट, कमलमणि नेपाल, उर्मिला बस्नेत, धुर्व कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशाला गुरुङ लगायतको अभिनय छ । फिल्म यहि १४ गते बाट प्रदर्शनमा आउँदै छ ।