फिल्म ‘के घर के डेरा’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य कलाकार   दयाहाङ राइ , विपिन कार्कि, सुरक्षा पन्त र बर्षा राउतका साथै बाल कलाकार आयुशी ढकाललाई देखाइएको छ  । साथै फिल्ममा लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशीलगायतका कलाकारहरुको पनि अभिनय छ । दिपेन्द्र के खनालको निर्देशन  रहेको फिल्ममा हेश दवाडीको पटकथा र संवाद रहेको छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् । 

 

सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले काठमाडौंमा घर हुने र डेरामा बस्ने मानिसको कथा देखाउनेछ ।