गायक तथा रचनाकार डार्बिन लुगेंलीको शब्द सृजना र स्वर रहेको गीत 'घर जाँदै छु' सार्वजनिक भएको छ । गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ । निर्देशक आचार्य गोपालको निर्देशन रहेको भिडियोमा मिन, साहारा कोइराला , बिनोद कुमार पौडेलको पनि भिडियोमा अभिनय देख्न सकिन्छ ।
हिमाल शर्माको छायांकन, चानस पुन मगरको सम्पादन रहेको गीतको सहनिर्देशन किरण बिकले गरेका हुन् ।