‘लाखे’को ट्रेलर रिलिज गरिएको छ । सार्वजनिक ट्रेलरमा प्रहरीले अज्ञात गिरोहको खोजि गरिरहेको छ । एक्सन थ्रिलर फिल्म कार्तिक ११ देखि सार्वजनिक प्रदर्शनमा आउदैछ ।
निर्देशक सम्राट् बस्नेतले मल्टी स्टार राखेर यस फिल्मको निर्माण गरेका छन् l फिल्ममा नायिका वर्षा राउत, नायक सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतको अभिनय रहेको छ l ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने फिल्मका निर्माता सिजन अर्याल हुन् ।