फिल्म ‘कौसिद’ पुष १५ मा रिलिज हुने भएको छ । निर्देशक कुमार भाष्करको निर्देशन रहेको फिल्मलाई बड पिक्चर्सको ब्यानरमा र नायिका ऋचा शर्माको प्रस्तुतिमा निर्माण भएको फिल्मको निर्माता केदार भुसाल हुन् l फिल्ममा कार्यकारी निर्मातामा दिमेश श्रेष्ठ तथा सह-निर्मातामा लक्ष्मण बानियाँ छन् । फिल्ममा सापकोटा र ऋचासँगै रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिच्छा गौतम, निर्भीक भट्टराई र सागर भट्टराई मुख्य भूमिका रहेको छ l फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले लेखेका हुन् फिल्ममा ऋचासँगै भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भीक भट्टराई, सागर भट्टराई लगायतको अभिनय देख्न सकिनेछ ।