फिल्म ‘महापुरुष’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मको ट्रेलरमा फिल्मका मुख्य कलाकार हरिवंश आचार्य , मदनकृष्ण श्रेष्ठ , गौरी मल्ल लगायतलाई देखाइएको छ l निर्देशक प्रदीप भट्टराईले फिल्मलाई निर्देशन गरेका हुन् । फिल्मले समाजले मानिसलाई कसरी महापुरुष बनाउँछ भन्ने कथा उठाउन खोजेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेका छन् ।चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहेको छ। षट्कोण आर्ट्सको प्रस्तुतिमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानिया हुन् ।
फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । फिल्म कात्तिक ११ गतेबाट देशैभर प्रदर्शनमा आउनेछ। फिल्ममा मह र गौरी मल्लका अलावा अरुण क्षेत्री, अञ्जना बराइली, बानियाँ, राजाराम पौडेल लगायतको अभिनय रहेको छ l