निर्देशक मिन भामको आगामि फिल्म "चिसो बर्ष" अभिनेता सोनम तोप्देन फाइनल भएका छन् । अडिसन मार्फत उनलाई भामले आफ्नो फिल्ममा लिएका हुन् । फिल्ममा छनोट भएपछि सोनमले निर्देशक भामको हातबाट दशैंको टीका समेत थापेका थिए । ‘चिसो वर्ष’ले निर्माण अगावै विभिन्न अन्तर्राष्ट्रिय फेस्टिभलबाट करोडौंको फन्ड जितिसकेको छ ।आगामी पुष-माघबाट छायांकन सुरु हुने फिल्मले एक तिब्बती महिला पेमाले श्रीमान् खोज्न गर्ने संघर्षको कथा वाचन गर्ने बताइएको छ । सुदर्शन थापा निर्देशित फिल्म ‘सम्हालिन्छ कहिले मन’बाट अभिनेताको रुपमा डेब्यू गरेका उनका लागि भामसँगको सोनमको पहिलो  सहकार्य हो ।