विवादलाई सामाधान गर्दै फिल्म "प्रशाद २" पुन छाँयाङकनमा जाने भएको छ । आगामी मंसिर ७ गतेबाट सुटिङ थाल्ने गरि निर्माता, निर्देशक र अभिनेताले सम्झौता पत्रमा हस्ताक्षर गर्दै फिल्मलाई अगाडी बढाउने तयारी गरेका हुन् । गत असारमा फिल्मको छायांकनका लागि कलाकारदेखि निर्माता-निर्देशकसम्म कास्की पुगेका थिए । तर, क्यामेरा ‘अन’ हुनसाथ अभिनेता विपिन कार्कीले विवाद झिकेपछि फिल्मको सुटिङ रोकिएको थियो । सुभाष थापा र केशव पाण्डे निर्माता रहेको फिल्ममा विपिनसँगै नम्रता श्रेष्ठ, राज कटुवाल, लोकमणी सापकोटा, प्रकाश घिमिरे, कमलमणी नेपाल, कुल्दिप अधिकारी, गीता अधिकारी, विशाल पहारी लगायतको पनि अभिनय रहनेछ । फिल्मलाई सुदर्शन थापाले निर्देशन गर्ने छन् ।