अभिनेता सौगात मल्ल र अभिनेत्री प्रियंका कार्कीको मुख्य भुमिका रहेको चलचित्र ‘फाटेको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । डार्क कमेडी जनरामा बनेको चलचित्रको ट्रेलरमा सौगातलाई कुखुरा चोरको भुमिकामा छन् । त्यस्तै प्रियंकाको पछि लागेका सौगातलाई तराईको भुमिकामा देखिएका छन् । चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका हुन् भने निरोज महर्जनको कथा रहेको छ । चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् ।

 

काठमाडौँमा सोमबार आयोजित एक कार्यक्रम बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । म्युजिक भिडियो हुदैँ चलचित्र निर्देशन गरेका निर्देशक निकेश खड्का ‘फाटेको जुत्ता’बाट आशाबादी रहेको बताए । आउदोँ कात्तिक १७ गते प्रदर्शन हुने चलचित्रमा सौगात र प्रियंकाको साथमा  कामेश्वर चौरासिया, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ।