फिल्म "पोइ पर्यो काले" को सिक्वेल "पोइ पर्यो बुढो" निर्माण हुने भएको छ । किरण नेपालीले निर्माण गर्ने उक्त फिल्मको हाल स्क्रिप्ट लेखनको काम भइरहेको छ । दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्मको फागुनपछि सुटिङ सुरू हुने छ ।काम भइरहेको र फागुनपछि सुटिङ सुरू हुने छ । फिल्ममा नयिका पूजा शर्मानै रहने बुझिएको छ भने अन्य कलाकार फाइनल भइसकेका भने छैनन् । शिशिर राणाद्वारा निर्देशित फिल्म ‘पोइ पर्‍यो काले’मा सौगात मल्ल, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ, आकाश श्रेष्ठको मुख्य भूमिका रहेको थियो ।