नायिका रिस्ता बस्नेतले बिबाह गर्ने भएकी छिन् । अमेरिकामा बसोबास गर्ने प्रेमी अजयसिंह ठकुरीसँग रिस्ताले चाँडै नै कोर्ट म्यारिज गर्ने भएकी हुन् ।बुधबार आयोजित फिल्म हिजो आजका कुराको प्रिमियरमा प्रेमी साथ पुगेकी उनले पत्रकार समक्ष उक्त कुरा बताएकी हुन् । धादिङ घर भएका अजय अमेरिकामा परिवार सहित बस्दै आइरहेका छन् ।