कार्तिक ४ गते बाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक फिल्म ‘नालापानी’लाई कर छुट दिन पहल सुरु गरीएको छ ।चलचित्र विकास बोर्डले कर छुटमा पहल गरेको हो । अर्थ मन्त्रालयमा पत्राचार गरेको बिकास बोर्ड अध्यक्ष भुवन केसीले जानकारी गराएका हुन् । बुधबार सञ्चार सचिव डा. बैकुण्ठ अर्यालसँग फिल्मलाई कर छुट प्रदान गर्ने व्यवस्था मिलाउन आफूले आग्रह गरेपछि सचिवले अर्थ मन्त्रालयमा पत्राचार गरीएको थियो । साथै , यो फिल्मलाई बोर्डले  दिन सकिने सबै सुविधा दिने पनि बताइएको छ । प्रोफेसर राम राजा कुँवर र डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रही फिल्म निर्माण भएको हो l झन्डै ९ करोडको लागतमा निर्माण भएको फिल्म ‘नालापानी’मा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शरिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ । फिल्मका कास्टिङ् निर्देशक राजेन्द्र रिमाल र जनक खकुरेल हुन् l फिल्मका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । फिल्ममा मजोन शाक्य निर्माताको रूपमा रहेका छन् । फिल्मको लेखन रमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् ।  यो फिल्मले चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको थियो । रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस्, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरीएको हो l