फिल्म ‘लाखे’को रिलिज मिति पोस्टपोन्ड भएको छ । भदौ  कात्तिक ११ मा पुगेको फिल्म अब एक हप्ता पछाडि सर्दै कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।   ११कात्तिकमा महजोडीको फिल्म ‘महापुरुष’ आउने भएकाले ‘लाखे’ एक हप्ता पछाडि सारेको हो । 
निर्देशक सम्राट् बस्नेतले मल्टी स्टार राखेर यस फिल्म निर्माण गरेका छन् l फिल्ममा नायिका वर्षा राउत, नायक सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतको अभिनय रहेको छ l ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने फिल्मका निर्माता सिजन अर्याल हुन् ।गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता छन् । हाइ बजेटमा निर्माण हुन लागेको यस फिल्ममा अन्य नयाँ कलाकारहरूको पनि अभिनय रहेको छ l फिल्मको कथा पनि निर्माता सिजन अर्यालकै रहेको छ l यस अघि निर्देशक सम्राट्ले फिल्म 'पासवर्ड' निर्माण गरेका थिए l व्यावसायिक रूपमा सफलता नपाएता पनि फिल्मको चौतर्फी चर्चा भने भएको थियो l