फिल्म ‘महापुरुष’ युनिट यतिबेल देशव्यापी प्रचार-प्रसारमा व्यस्त रहेको छ । "महाभ्रमण" नाम दिइएको प्रमोसनल’ टुरका लागि देश दौडाहामा रहेको फिल्म टिमले शुक्रवार नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका कार्यकारी निर्माता एवं कलाकार रविन्द्र सिंह बाँनिया, लेखक तथा निर्देशक प्रदीप भट्टराई र फिल्मका कलाकारहरुको उपस्थिति रहेको थियो ।‘महापुरुष’ को कथाको जन्म देवघाटबाट भएको पत्रकार सम्मेलनमा बताइएको छ । साथै निर्देशक प्रदीपले परिवारसँगै रहे पनि सन्तानले समय नदिँदा बुवा आमाले कसरी एक्लोपन महसुस गर्छन् भन्ने कथा फिल्मको माध्यमबाट देखाउन खोजिएको बताए ।म्याक्स दीपेश खत्री निर्मित फिल्ममा मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेललगायतको मुख्य पनि अभिनय छ । दीपक बज्रचार्यले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् । फिल्मको ट्रेलर र दुई वटा गीत सार्वजनिक भइसकेको छ । कार्तिक ११ गतेबाट फिल्म प्रदर्शनमा आउँने छ ।