अभिनेत्री स्वस्तिमा खड्का र बलिउडका चर्चित कलाकार  सौरभ शुक्लासँग भेट गरेकी छन् । सामाजिक सन्जालमा  स्वस्तिमाले शुक्लासंग भेटको तस्विर राख्दै क्याप्सनमा लेखेकी छन्, ‘उहाँ (सौरभ शुक्ला) ले नेपाली फिल्म उद्योगको बारेमा जान्न देखाउनुभएको चासो र आफ्नो कामको अनुभव आदान प्रदान गरेको देख्नु साँचिक्कै रोचक थियो ।’ भनेर बताएकी छन् । सौरभ शुक्लाले चरित्र अभिनेताको रुपमा कयौं बलिउड फिल्ममा काम गरेका छन् ।  ‘जोली एलएलबी’, ‘पिके’, ‘सत्य’, ‘पागलपन्ती’, ‘किक’, ‘गुन्डे’, ‘बाला’, ‘ओ माइ गड’ लगायत उनले काम गरेका बलिउड फिल्म हुन् ।