फिल्म ‘लाखे’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो पिरेम’ बोलको गीत रिलिज गरिएको हो । हर्कुलस बस्नेतको संगीत र शब्द रहेको गीतमा गायिका सदिक्षा कट्टेलको आवाज रहेको छ । गीतमा सुक्मित तामाङ फिचर्ड छिन् । साथमा अभिनेताद्वाय अनुपविक्रम शाही र आर्यान अधिकारीलाई पनि देख्न सकिन्छ । सुशन प्रजापतिको छायाँकन रहेको फिल्ममा अर्जुन जिसीको सम्पादन छ ।कविराज गहतराजको कोरियोग्राफी गीतमा समावेश छ ।
सम्राट बस्नेत निर्देशित फिल्म लाखे मा सौगात मल्ल, प्रशान्त ताम्रकार, अनुप विक्रम शाही, आर्यन अधिकारी, बर्षा राउत, सुशिल सिटौला, रोहित रुम्बा लगायत कलाकारहरुको अभिनय छ । हरी मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्मलाई सिजन अर्याल र जिएम ठकुरी मिलेर निर्माण गरेका हुन् । फिल्म कात्तिक १८ गतेबाट प्रदर्शनमा आउने छ