लामो समय देखि कामबिहिन बनेका कलाकार कामेश्वर चौरासिया फिल्म "भुपति" मार्फत कम्ब्याक हुने तयारीमा छन् । उनले फिल्म एन्ड टेलिभिजनसँगको सहकार्यमा ‘भूपति’ नामक फिल्मको निर्माण गर्दैछन् ।रोनिस राउतले निर्देशन गर्ने यस फिल्मको मुख्य भूमिकामा कामेश्वर स्वयं देखिँदैछन् ।तिहारपछि छायांकनमा निस्कन लागेको फिल्मको अधिकांश छायांकन प्रदेश नं. १ मा हुनेछ । समसामयिक विषयवस्तुमा निर्माण हुन लागेको फिल्मका लागि निर्माण टिमले कलाकार छनोट गर्न अडिसन आह्वान समेत गरेको छ । यो फिल्ममा पनि उनि मधेशी चरित्रमै देखिने छ्न् ।