पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म "मारुनि" ले अमेरिकामा अवार्ड जितेको छ ।अमेरिकाकी शहर कोलोराडोमा आयोजना भएको ‘पाँचौ एभरेष्ट नेपाली फिल्म अवार्ड’मा ‘मारुनी’ले उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको हो ।नवल नेपाल निर्देशित फिल्मको अवार्ड थाप्न फिल्मको निर्मात्री पूनम गौतम अमेरिका गएकी थिइन् । ‘मारुनी’ समलिङ्गी प्रेमकथामा आधारित भएर निर्माण भएको थियो ।