सुपर मोडल सबिता कार्कीले ‘नेपाल एसियन मोडल स्टार’ अवार्ड पाएकी छिन् । कोरियाको विजङ्बु शहरमा सम्पन्न भएको ‘१७ औँ एसियन मोडल फेस्टिभल’ मा उनले सो उपाधि प्राप्त गरेकी हुन् । उक्त फेस्टिभलमा नेपाल सहित कुल १९ वटा देशका करिब ५० जना मोडलहरूको सहभागित रहेको थियो । सबै लाई पछि पार्दै उनले उक्त अवार्ड आफ्नो पोल्टामा हालेकी हुन्  यसै फेस्टिभलमा सबिता ‘फेस अफ एसिया’ को जज् समेत बनेकी थिइन् ।यसअघि उनी भारतीय रियालिटी सो ‘इन्डियाज नेक्स्ट टप मोडल सिजन थ्री’ को ‘फस्ट रनरअप’ समेत भइसकेकी थिइन् । हाल उनी नेपाल र भारतका विभिन्न ब्रान्डहरूसँग सहकार्य गर्दै मोडलिङ गरिरहेकी छिन् ।