`नाईँ नभन्नू ल’को छैटौं सिरिज निर्माणको तयारीमा छ । यहि बिहिबारबाट छायांकन सुरु हुने फिल्मलाई निर्देशक विकासराज आचार्यको निर्देशन गर्ने छ्न् । फिल्ममा अभिनेत्री आँचल शर्मा र आर्शिवाद क्षेत्रीको मुख्य भूमिका रहनेछ ।आशीर्वादले यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् ।विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाको कथा रहेको यस फिल्ममा अनुभव रेग्मि योगिशा खत्री, अथर्व र एल्बिनासहित थुप्रै बाल कलाकारको मुख्य भूमिका रहनेछ। फिल्ममा अनुभव मुख्य भूमिकामा नभएर केमियो भूमिकामा देखिने छन् ।