फिल्म ‘के घर के डेरा’को गीत सार्वजनिक भएको छ ।फिल्मको टाइटल ट्रयाक रिलिज गरीएको हो ।गीतमा काठमाडौंमा डेरा लिएर बस्नेले भोग्ने अनेक समस्यालाई व्यक्त गरिएको छ । त्यस्तै, काठमाडौंमा घर हुनेहरुको समस्यालाई पनि गीतले सम्बोधन गरेको छ । दिपेन्द्र के खनालको निर्देशन रहेको फिल्ममा हेश दवाडीको पटकथा र संवाद रहेको छ । ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।
फिल्ममा कलाकार दयाहाङ राइ , विपिन कार्कि, सुरक्षा पन्त र बर्षा राउतका साथै बाल कलाकार आयुशी ढकाल लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशीलगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्म कार्तिक ४ बाट प्रदर्शन आउदै छ । सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।