महापुरूष’ ले मोफसलभ्रमण सकेको छ । गत असोज २५ मा पुर्वको विर्तामोडबाट सुरुभएको मोफसल भ्रमण ३० गते पोखरामा सकिएको हो । २५ गते विर्तामोडबाट सुरु भएको यात्रामा फिल्मका कलाकारहरु हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, रबिन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराईली, कमेडियन सुमन कार्की, चर्चित गायक निशान भट्टराई रहेका थिय। केहि सहरमा कलाकार मदनकृष्ण श्रेष्ठ पनि सहभागी भएका थिय । हाँस्य र संगीतसहितको प्रस्तुति रहने फिल्म भ्रमणलाई पूर्ण मनोरन्जनात्मक बनाउने निर्माण टिम लागेको हो ।
असोज २५ मा विर्तामोडस्थित वान स्टप मल, असोज २६ इटहरीमा जनता प्राविको मैदान र विराटनगरको सेन्ट्रल मल, असोज २७ मा हेटौंडा, असोज २८ मा नारायणगढको नारायणी नदी किनार, असोज २९ मा बुटवलको टक्सार कम्प्लेक्सको अगाडि र असोज ३० मा पोखराको हलन चोकमा भएको थियो। निर्देशक प्रदीप भट्टराईले फिल्मलाई निर्देशन गरेका हुन् । फिल्मले समाजले मानिसलाई कसरी महापुरुष बनाउँछ भन्ने कथा उठाउन खोजेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेका छन् ।चार गीत रहने फिल्मका चारै गीत नवराज पराजुलीले लेखेको र संगीत ऋदम कँडेलको रहेको छ। षट्कोण आर्ट्सको प्रस्तुतिमा निर्माण हुने फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानिया हुन् ।फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । फिल्म कात्तिक ११ गतेबाट देशैभर प्रदर्शनमा आउनेछ। फिल्ममा मह र गौरी मल्लका अलावा अरुण क्षेत्री, अञ्जना बराइली, बानियाँ, राजाराम पौडेल लगायतको अभिनय रहेको छ l