कार्तिक ४ गते देशव्यापी प्रदर्शनमा आउन लागेको ऐतिहासिक फिल्म  ‘नालापानी’लाई बिशिष्ट व्यक्तित्वहरुले हेरेका छन् । संचार तथा सुचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्याल, नेपाली सेनाका पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपाली सेनाका बलाधिकृत जनरल शरद प्रताप राणा, केन्द्रीय फिल्म  जाँचपास समितिका अध्यक्ष सेवन्तक पोखरेल लगायत ८० जना बिशिष्ट व्यक्तित्वहरुमाझ बिशेष प्रदर्शन गरीएको फिल्मलाई गत आइतबार विकास बोर्डको हलमा देखाइएको थियो । फिल्म हेरिसकेपछि आफ्ना भनाई राख्दै सचिव अर्यालले परम्परागत मसलेदार चलचित्रहरु बनिरहेको समयमा ऐतिहासिक बिषयबस्तुमा आधारित रहेर यथार्थपरक रहेको उनको भनाइ थियो । यसै गरी पूर्व प्रधानसेनापति क्षेत्रीले ‘नालापानी’ उत्कृष्ट बनेको बताए । प्रोफेसर राम राजा कुँवर र डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रही फिल्म निर्माण भएको हो l झन्डै ९ करोडको लागतमा निर्माण भएको फिल्म ‘नालापानी’मा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महावीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शरिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीता विष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका (डेभिड), बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ । फिल्मका कास्टिङ् निर्देशक राजेन्द्र रिमाल र जनक खकुरेल हुन् l फिल्मका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ । फिल्ममा मजोन शाक्य निर्माताको रूपमा रहेका छन् । फिल्मको लेखन रमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् ।  यो फिल्मले फिल्म विकास बोर्डबाट ‘विशेष फिल्म २०२०’ स्पेशल अवार्ड पाएको थियो । रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस्, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरीएको हो l