गायिका रचना रिमालले टिकटक बनाएर इज्जत नजाने बताएकी छिन् । महापुरुष’को महाभ्रमणमा सामेल भएकी रिमालले स्टेजमा कार्यक्रम गर्ने क्रममा उक्त कुरा राखेकी हुन् । सोहि भ्रमणमा सामेल भएक कमेडिएन विकास अर्यालले सेलिब्रिटीलाई लक्षित गर्दै टिकटक चलाएर भने इज्जत बेचेको भन्दै दर्शकमाझ आफ्नो प्रस्तुति दिदै व्यंग्य गरेका थिए । विकासको यस् खाले प्रस्तुतिको कारण रचनाले स्टेज बाटनै विकाशलाई उत्तर दिदै उक्त व्यंग्य आफूलाई चित्त नबुझेको र टिकटक चलाउँदैमा इज्जत नजाने भन्दै रुँदै स्टेजबाट बाहिरिएकी थिइन् । रचनाले सार्वजनिक रुपमै चित्त दुखाएपछि कमेडियन अर्यालले माफी मागेका थिए । रचनाको नाम लिएरै माफी मागेपछि कार्यक्रम अघि बढेको थियो । रचना पछिल्लो समय टिकटकमा अत्याधिकनै देखिन थालेकी छ्न् ।