नेपालि बजारमा पहिले शृंखला देखि नै सफल रहेको फिल्म `नाइँ न भन्नु ल´ को छैटौ शृंखलामा अथर्व उप्रेती देखिने भएका छन् । कलाकार अनुभव रेग्मिको ठाउँमा निर्माण टिमले अथर्वलाई अभिनय गराउन लागेका हुन्  । उनि अभिनेता निखिल उप्रेती र अभिनेत्री संचिता लुइँटेलका छोरा हुन् । अनुभवको बढ्दो उमेर र उचाइका कारण उनी फिल्ममा बाल कलाकरको रुपमा देखिन असम्भव भएपछी विकासले बाल कलाकारको रुपमा अथर्वलाई लिएका हुन्। यस् अघीका सिरिजमा कलाकार अनुभव देखिदै आएका थिय । विकास राज आचार्यको निर्देशनमा तयार हुने फिल्ममा आंचल शर्मा र आशिर्वाद क्षेत्री मुख्य भूमिकामा रहेका छन्।आशिर्वादको यो डेव्यु फिल्म हो। उनै आशिर्वादको बाल्यकालको भूमिकामा अथर्व देखिने छन् ।यहि विहिबार बाट फिल्मको सुटिङ्ग सुरु हुँदै छ ।