फिल्म "प्रसाद" को दोश्रो भाग निर्माणको तयारीमा रहेको छ । लामो समयको विवाद पछि पुन: फ्लोरमा जाने सहमतिका साथ अघी बढ्न लागेको फिल्म अहिले नायिकाको कारण फेरी रोकिएको छ । अभिनेत्री नम्रता श्रेष्ठले फिल्मबाट हात झिकेपछि निर्माण टिम यतीबेला तनावमा रहेको हो । नम्रताले हात झिके पछि निर्माण टिमले अन्य दुइ नायिकालाई अफर गरेको थियो । तर नायिकाद्दय सुरक्षा पन्त र ऋचा शर्माले पनि फिल्म अफरलाई स्विकार गरेन् । अब भने फिल्म टिम नायिका केकि  अधिकारी तिर धकेलिएको छ  ।