फिल्म ‘२ नम्बरी’लाई छायांकन स्थल ल्वाङ गाउँमा देखाइएको छ । प्रोजेक्टरमार्फत् त्यहाँका बासिन्दालाइ निर्माण टिमले फिल्म देखाएका हुन् । हलको सुविधा नभएकाले फिल्म हेर्न नपाएका स्थानीयलाई निर्माण टिमले बिहीवार फिल्म देखाएको हो । उक्त फिल्म हेर्न ल्वाङ गाउँका २ सयभन्दा बढी स्थानीयहरु सहभागी भएका थिए । फिल्म देखाउन निर्माता किरण नेपाली र निर्देशक दीपेन्द्र लामा ल्वाङ गाउँ पुगेका थिए ।फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन, बुद्दि तामाङ, पुकार गुरुङ, श्रेयस पौडेल, शारदा गिरी, सुष्मा निरौला, कविता आले, प्रकाश घिमिरे, स्वर्गीय जयनन्द लामालगायतको अभिनय रहेको छ ।विजयादशमीको समयमा प्रदर्शनमा आएको फिल्म ‘२ नम्बरी’ले प्रदर्शनको दुई हप्ता बक्सअफिसमा बलियो उपस्थिति जनाएको थियो ।