असार ३० गते प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु’को शिर्ष गीत करोड क्लबमा प्रवेश गरेको छ । ‘भन्छु आज’ बोलको गीतलाई युट्युबमा करोड पटक हेरिएको हो । अप्रिल महिनामा अपलोड गरिएको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने निर्देशक सुदर्शन थापाको शब्द रहेको छ । गीतमा सुगम पोखरेल र अञ्जु पन्तको सुमधुर स्वर रहेको छ । सम्भवत यो करोड क्लबमा प्रवेश गर्ने पहिलो रोमान्टिक गीत हो । गीतको भिडियोमा चलचित्रका मुख्य नायक नायिका पूजा शर्मा र पल शाह फिचरिङ छन् । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा कलाकारको प्रस्तुती, सुन्दर दृश्य आकर्षक कस्ट्युम लोभलाग्दो छन् । दर्शन र पूजाले निर्माण गरेको म यस्तो गीत गाउँछुले व्यापारिक सफलता हात पार्यो । यही टिमले म यस्तो गीत गाउँछु २ निर्माणको घोषणा गरिसकेको छ ।