नजिकिदै गरेको चाड पर्व तिहारलाई लक्षित गर्दै अभिनेता द्वय सलोन बस्नेत र आमेश भण्डारीले कन्सर्ट गर्ने भएका छन्  । कात्तिक ६ गते साँझ दरबारमार्गस्थित लिक्कुइड लन्जमा उनीहरुले कन्सर्ट गर्न लागेका हुन् ।लिक्कुइड तिहार हंगामा विथ सलोन एण्ड आमेष लाइभ म्युजिक’ नाम दिइएको कार्यक्रममा सलोन र आमेशले गीत गाएर दर्शक झुमाउने छन् । यि दुईले ‘रुम नम्बर १०८’, ‘मेरो लागि तिमी’ जस्ता गीतहरु समेत गाइसकेका छन् ।