गायिका ‘लीला गजमेरको सुमधुर आवाजमा  ‘पियार’ बोलको गीत सार्वजनिक भएको छ । ओएसआरको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको गीतको शब्द तथा संगीत लेखु सहयात्राीको रहेको छ । अनिल के मानन्धरले छायांकन गरेको भिडियोमा सम्पादन भने मनोज कार्कीले गरेका हुन् । 

 

भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् ।सार्वजनिक भिडियोमा अभिनेता निराजन प्रधान र अभिनेत्री प्रियांका कार्कीको अभिनय रहेको छ ।