फिल्म "महापुरूष" टिमले देउसी भैलो खेलेका छन् । शनिवार साँझ नयाँ बानेश्वरमा टिमले देउसि भैलो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा कलाकारहरू हरिवंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री, अञ्जना बराईलीसँगै निर्देशक प्रदीप भट्टराई र कलाकार समे त रहेका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ संगै फिल्म बाहिरका कलाकार जीतु नेपाल, कृष्ण कँडेल, राजा राजेन्द्र लगायत उपस्थित रहेको थियो । षट्कोण आट्र्सको व्यानारमा निर्मित सिनेमामा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । सिनेमामा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । यही सिनेमाबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा डेब्यु गरेका छन् । फिल्मको पाश्र्व ध्वनिमा रोहित शाक्य र शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन् । फिल्मको कथा लेखन् साथै निर्देशन प्रदिप भट्टराईको रहेको छ । फिल्म कार्तिक ११ बाट नेपालभर प्रदर्शनमा आउँदै छ ।