आज बुधबार फूलपातीको अवसर पारेमा सिनेमा हलमा दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएको छ । जसमा दिपाश्री निरौला निर्देशित 'छक्का-पञ्जा २' र रोज राणाको निर्माण तथा निर्देशन रहेको चलचित्र 'मेरो पैसा खोई' रहेकाे छ। बुकिगं खुलेसँगै आक्रमक बुकिगं सुरु गरेको चलचित्र छक्का पञ्जा २ लाई कलाकार दीपकराज गिरीले निर्माण गरेका हुन् । चलचित्रमा दीपकसँगै प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, जितु नेपाल,केदार घिमिरे, शिवहरी पौड्याल, स्वरुपपुरुष ढकाल लगायतका कलाकारको अभिनय रहेको छ । गत बर्षको ब्लकबस्टर चलचित्रको रुपमा रहेको छक्का पञ्जाले यो बर्ष आफुले कायम गरेको रेर्कड तोड्न सक्ला कि नसक्ला त्यो भने प्रतिक्षित बनको छ ।
यता प्रदर्शन हुन हप्ता दिन समेत बाँकी नहुदा प्रदर्शन मिति तय गरेको चलचित्र मेरो पैसा खोइलाई रोज राणाले निर्माण तथा निर्देशन गरेका हु्न् । बिना कुनै प्रमोसन मैदानमा उर्तिएको चलचित्रले कस्तो व्यापार गर्ने हो ? त्यो थाहा पाउन केही समय कुर्नु पर्ने छ । चलचित्रमा बर्षा राउत, सौगात मल्ल, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।