शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म 'के घर के डेरा'ले सबै सिनेमाघरमा आज चौथो दिन सम्म आइपुग्दा पनि हाउसफुल रहेको छ। पहिलो दिनबाटनै दर्शकको राम्रो साथ पाएको फिल्मले गत यो हप्ता पनि दर्शकको उत्तिकै चाप पाउने देखिएको छ ।  फिल्मले दर्शकलाई भरपुर रमाइलो प्रदान गर्न सक्ने सामथ्र्य राखेको छ । सोहि कारण दर्शकको साथ मिलेको छ ।’ रहेको फिल्मले  दिनको पहिलो शोजमा करिब ४० प्रतिशतको अकुपेन्सी साँझसम्म पुग्दा उकालो लागेर ८० माथि पुग्यो । शुक्रबार र शनिबार कलाकारसहित निर्माण टिम दर्शक प्रतिक्रिया बुझ्न राजधानीका विभिन्न हलहरुमा पुगेका थिए । दर्शकबाट राम्रो रेस्पोन्स पाएपछि कलाकारहरु खुशी देखिन्थे ।क्यूएफएक्स, एफक्यूब, बिग, आइएनआई लगायत मल्टिप्लेक्समा फिल्मको अकुपेन्सी बलियो देखिएको छ । भने उस्तै रेसियोमा देशभरका सिंगल स्क्रिनमा पनि राम्रो अकुपेन्सी देखिन्छ । शुक्रबार सिनेमाले ५० लाख हारहारीमा ओपनिङ गरेको बुझिएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षेत्री, भोलाराज सापकोटा, घनश्याम जोशी, बाल कलाकार आयुषा ढकाललगायतको अभिनय रहेको छ।ए प्लस इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मको कार्यकारी निर्माता युवराज कार्की हुन् भने निर्मातामा शरद श्रेष्ठ, राजीब श्रेष्ठ र किरण महर्जन छन् ।सिंगे लामाको कथा रहेको फिल्ममा शंकर थापा स्माइल तथा कोशिस क्षेत्रीको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ ।