फिल्म ‘फूलबारी’ निर्माण पक्षले फिल्मका केहि तस्विरहरु सार्वजनिक गरेका छन् । तिहारको अवसर पारेर मंगलवार सार्वजनिक गरिएको तस्विरमा कलाकारहरुको क्यारेक्टर देखाइएको छ । जसमा अभिनेता बिपिन कार्की , दयाहाङ राई, प्रियंका कार्की, शिल्पा मास्के, गौमाया गुरुङलगायत पनि देखाइएको छ । अभिनेता विपिन कार्कीको लुक्सले ध्यान खिच्छ । उनी पाको उमेरको पुरुषको रुपमा चित्रित छन् । गालामा गलबन्दी, शिरमा टोपी र आँखामा चस्मा लगाएका उनका दाह्री-जुँगा सेताम्मे छन् । यशोधा फिल्मस्ले निर्माण गरीएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । मनिष ढकाल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता मणीराम पोखरेल हुन् । फिल्मको कथा कमल किशोर मलपानी र पटकथा उपेन्द्र सुब्बाले लेखेका हुन् । कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत रहेको फिल्मलाई अमेरिकी छायाँकार जोस हेरमले खिचेका हुन् ।