नायिका प्रियंका कार्कीकाे घरमा चोरी भएको छ lभैसेपाटीस्थित घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको हो । घरमा लक्ष्मीपूजाको दिन राति ९ देखि १० बजेको समयमा चोरी भएको हो । चोरले लक्ष्मीपूजा गर्न निकालिएको ३० हजार नगद र करिब ५ तोलाजति सुनका गरगहना चोरी भएको छ । प्रियंका र आयुष्मान लक्ष्मीपूजा सकेर खाना खान बहिर गएको समयमा चोरी भएको थियो ।